संतोष कर्ण, मलंगवा । २०७८ माघ ०७, शुक्रवार

सर्लाही बलरा नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन सम्पन्न भएको छ् । जिल्लाको सदरमुकामदेखि ३२ किमि पश्चिममा रहेको बलरा नगरपालिकाको नब निर्मित भवनको उद्घाटन नगरपालिकाको मेयर अभय सिंहको सभापतित्वमा सम्पन्न भएको छ ।

मेयर अभय सिंहका पुत्र जितेन्द्रबहादुर सिंहले आफ्नो स्वामित्वमा रहेको १३ कठ्ठा जग्गा बलरा नगरपालिकाको नाममा निशुल्क दान दिएका हुन् । नगरपालिकाको उक्त भवन रु ७० लाख रुपियाँको लागतमा र २५ लाखको लागतमा बाउन्ड्री बाल लगायतको काम सम्पन्न गरेर बलरा नगरपालिका आजदेखि आफ्नै नबनिर्मित भवनबाट बिधिबत कार्य शुरु गरेको हो ।

चुनाबमा गरेको प्रतिबद्धता पुरा गरेकोमा आफु सफल भएको कुरा मेयर सिंहले बताउदै कोभिडको कारणले तामझाम न भएपनि आफुले गरेको प्रतिबद्धता सफल भएकोमा सबै उपस्थित जनसमुदायलाई धन्यवाद पनि दि‌ए।सो कार्यक्रममा स्थानीय जनसमुदायका साथ सबै वडाका वडा अध्ययन, नागरिक समाज, नेपाल पत्रकार महासंघका प्रतिनिधि सहितको उपस्तिथि रहेकोे थियो । सो कार्यक्रमको संचालन नृपेश सिंहले गरेका थिए ।

बलरा नगरपालिका-२ जमुनिया टोल स्थित ७५ लाखको लागतमा उक्त नगरपालिका भवनको निर्माण गरिएको हो । बलरा बजारस्थित विद्यालयको भवन भाडामा लिएर नगरपालिकाको कार्यालय संचालन गर्दै आएको थियो । त्यहाँ विवाद उत्पन्न भई कार्यालयमा तालाबन्दी गरिएपछि बिगत तिन वर्षदेखि मेयर सिंहले आफ्नो निजि भवन निःशुल्क रुपमा नगरपालिकाको कार्यालय संचालनको लागि उपलब्ध गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *