मुलुक डेस्क, काठमाडौं । २०७८ माघ ०६, बिहीवार

माघ ०७ गते शुक्रबार अर्थात भोलि रातिदेखि लागू हुने गरी उपत्यकाका तीनवटै जिल्लामा निजी तथा सार्वजनिक यातायातका साधनमा जोरबिजोर प्रणाली लागू हुने भएको छ ।

उपत्यकाका काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बिहीवार बसेको संयुक्त बैठकले कोरोना संक्रमणको जोखिम कम नभएसम्मका लागि जोरबिजोर प्रणाली लागू गरेको हो ।

ललितपुरका प्रजिअ घनश्याम उपाध्यायले जोरबिजोरलाई कडाईका साथ लागू गरिने र मानिसको आवागमन जतिसक्दो कम हुने गरी प्रशासनले आदेश जारी गरेको साथै डिपार्टमेन्ट स्टोर, सपिङ मललगायतमा अधिकतम २० जनाभन्दा बढी प्रवेश नदिने गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

सार्वजनिक सेवा लिन जाँदा अनिवार्य खोप कार्ड बोक्नुपर्ने, सार्वजनिक स्थलमा हिँड्डुल गर्न पनि खोप कार्डलाई अनिवार्य गरिएको ललितपुरका प्रजिअले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *