मुलुक डेस्क, काठमाडौं । २०७८ माघ ०६, बिहीवार

अमेरिका । हिमानी ट्रष्टमार्फत समाजसेवामा सक्रिय रहँदै आएकी नेपालीमाझ लोकप्रिय एवं पूर्वयुवराज्ञी हिमानी शाहले अमेरिकाको भर्जिनियामा ट्रष्टको शाखा खोलेकी छिन ।

हिमानीले पछिल्लो दशक हिमानी ट्रष्टमार्फत शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गर्दै आएकी छन् । समाजसेवामा सक्रिय रहेकी उनी अमेरिकामा आज ट्रष्टको शाखा उद्घाटन गरेकी हुन् । हिमानी शाह आफै ट्रष्टकी अध्यक्ष पनि हुन् ।

नेपालीको लागि आशा लाग्दो एवं अति नै भरोसाकि पात्र हिमानी शाह आफ्नो कार्यक्षेत्र बिस्तार गर्दै अमेरिकामा सुरुवात गरेकी हुन् । नेपालबाट राजसंस्था बिदा भएको डेढ दशकमा पुनः राजसंस्थाको माग तिव्र रुपमा उठनु तथा राजपरिवारको सक्रियताले रास्ट्र र जनतामा एक किसिमको आशा पलाएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *