राजन झा, जनकपुरधाम । २०७८ माघ ०१, शनिवार

जनकपुरधाम उपमहानगरपालिका-१, मिल्स एरियामा व्यवसायिक भिडियो र फोटोका लागि फोटो घर सञ्चालनमा आएको छ ।

भिडियोग्राफी क्षेत्रमा एक दशक लामो अनुभव संगालेका उनले शनिबार देखि जनकपुरको मिल्स एरिया चोकस्थित फोटो घर सञ्चालनमा ल्याएका हुन् ।

फिल्म, म्यूजिक भिडियो, डकुमेन्ट्री, भिडियो विज्ञापन सहित फोरके क्यामराबाट विवाह ब्रतबन्ध सहित विविध समारोह समेत छायाकंन गर्नेगरि फोटो घर सञ्चालनमा ल्याएको संचालक एवं प्रबन्ध निर्देशक निरज नेपालले जानकारी दिए ।

पछिल्लो समयमा भिडियो खिच्ने प्रचलन निकै बढेकोले उनले व्यवसायीक रुपमा आफुहरु आएकोले फोटो घरको सेवा फरक शैलीको हुने दावी पनि गरेका छन् ।
फोटो घरले आज उद्धघाटनको अवसरमा एक हप्तासम्म विवाहका लागि बुक गर्ने ग्राहकहरुलाई २० प्रतिशत छुट अफर समेत घोषणा गरेको नेपालले जानकारी गराए ।

सो अवसरमा प्रमुख अतिथि जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, विशिस्ट अतिथी पुर्व अध्यक्ष जेसिजका सुदिप कोइराला, वडा न. १ का वडा अध्यक्ष मनोज कुमार साह , जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनिश रमन साह,चलचित्र संचारका प्रवन्धक बोर्डका सदस्य प्रदेश न.२ का पुष्पा यादव समेतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *