मुलुक डेस्क | पौष २०७८

महाधिवेशनमय महिना मंसिर र पौष । देशको प्रमुख एवं ठूलो दल नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी र राप्रपाको महाधिवेशन भर्खरै सम्पन्न भएको छ । विगत दशकौंदेखि नेतृत्वको बागडोर सम्हाल्दै आएको नेताहरुको नै पुनः उदय भएकोहो । अनुमान र अडकल अनुसार नै एमालेमा केपी शर्मा ओली, काँग्रेसमा शेर बहादुर देउवा र माओवादीमा प्रचण्ड चयन भएका हुन् । नेतृत्वमा खडेरी भए जस्तै दशकौसम्मको नेतृत्वकर्ता नै निर्वाचित भएका हुन् । अपवादमा राप्रपा रहे । राप्रपाले फरक र युवा नेतृत्वको रुपमा राजेन्द्र लिङदेनलाई चयन गरेको छ ।

यर्थात पचाउन गाह्रो छ । नेतृत्व परिवर्तनको नारा सबैले चर्काउन्छन् तर चयनको बेला बिर्सन्छन् । साच्चिकै युवा र समावेशी नेतृत्व ल्याउन चाहेको हो भने रोक्यो के ले ? र किन ? हामी प्रतिनिधि र जनता दोषी होइन ? जबसम्म परम्परावादी नेतृत्वलाई साथ दिन्छौं तबसम्म उनीहरुले किन छोडोस् ? निष्ठाको राजनीति भए न हो ? अवसरवाद र मोहले नेता होइन, हामीमध्ये अधिकंशलाई कस्सिएर बाधेको छ । प्रतिवाद र नेतृत्वको क्षमतालाई कुण्ठित पारेर राख्दछन् । लगभग हरेक प्रमुख पार्टीको नेतृत्व उस्तै छ । तीन दशकभन्दा बढी राजनीतिमा लागेका नै नेतृत्वको बागडोर सम्हाल्दै आएका छन् । जिम्मेवार र दोषी नेतामात्र नभएर हामी आम जनता एवं प्रतिनिधि पनि उत्तिकै छौं ।

नेतृत्वको खडेरी भनेको दशकौंदेखि एकछत्र राज गरेको नेतालाई विस्थापित गर्नु मात्र होइन की, उनीहरुले दिने नेतृत्व सबै असक्षम एवं असार्दभिक हुनु हो । समावेशीको नाममा मधेशी, दलित, जनजाती, मुस्लिमको उदय संगसंगै युवा र सक्षम नेताको आगमन हुनु हो । भएको नेतृत्वले दल र देशलाई एक ढिक्का बनाइ विकासको बाटोमा लम्काउनु पर्दछ । सफल, सार्थक र समृद्ध पार्नु पर्दछ ।

यो देशमा राजनीतिक बिद्रोह शुरु भएको लगभग ८२ बर्ष भएछ । अहिले पनि प्राय सबै पार्टीको प्रमुख नेतृत्वमा एकैजात समुदायको हालीमुहाली छ । तर कार्लमाक्स, माओ, लेनिन र गान्धीको पुजा गर्ने विदेशीका दासहरुले आलोचना गरेर बिरोध गर्ने “राप्रपा“ जस्तो पुरातनवादी सोच बोकेको पार्टीको नेतृत्वमा प्रथम पटक जनजाती निर्वाचित भएको छ ।

यहाँनेर यही फरक छ ! ऊ जातीय आरक्षण र जातीय विभाजनको कुराको विरुद्धमा छ । वास्तवमा राप्रपाले संगठनको मुटुलाई नेतृत्व सुम्पेको छ ! हुनसक्छ ! अहिले राप्रपाले राजनीतिक तिकडमबाजी नजान्ला, सत्ता समिकरणमा निम्छरो होला, पहिलेको जस्तै अन्तरबिरोधको बिचमा खेल्न नजान्ला ! यसका बाबजुद पनि मुलधारको राजनीतिक नेतृत्वमा स्पष्ट र राष्ट्रप्रेमी राजनेताको रुपमा युवा शक्ति आउनै पर्छ । नेतृत्वको खडेरीलाई पुरा गर्नै पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *