शान्ति शर्मा | २०७८ पौष

झस्किएर आधारातमा जाग्छु आजभोलि
अञ्जुलीमा जून-तारा माग्छु आजभोलि

हिमालचुली हाँसिदिन्छ आगँनीमा घाम
लाज लाग्छ छायासँग भाग्छु आजभोली

पारिजात मुस्काउराउँछ नयाँ चन्द्र ठानी
पछ्यौरीले आफ्नो मुहार ढाक्छु आजभोली

परेलीमा इन्द्रेणी छ रङ्ग मायालुको
छातीभित्र यौटा तस्वीर राख्छु आजभोली

कि यो कुरा मलाई था छ कि त तिमीलाई
किन होला आफैँ राम्री लाग्छु आजभोली

Leave a Reply

Your email address will not be published. Required fields are marked *