मुलुक डेस्क, काठमाडौं । २०७८ पाैष २७, मंगलवार

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३०० ओैं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको पावन अवसरमा सम्पूर्ण देशभक्त , राष्ट्रप्रेमी नेपालीले
आजकाे दिन भव्यताले मनाउदै छ् ।

सबै नेपालीलाई राष्ट्रिय हीत , समुन्नति र मुलुककाे उज्ज्वल भविष्यका निम्ति हाम्रो जस्तो बहुजातीय, बहुभाषिक , बहुसांस्कृतिक देशको एकता र अखण्डताकाे आधारलाई बचाई राख्नु हामी नेपालीकाे परम कर्तव्य भएकोले राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहकाे नेपाल एकिकरणकाे दूरदर्शिताकाे याेगदानलाई सबै नेपालीको सम्झने साझा कर्तव्यको दिवसको रूपमा यो दिनलाई स्मरण गरिन्छ ।

हरेक देशको आफ्नो आफ्नो निर्माणकाे ईतिहास हुन्छ र हाम्रो देशको पनि निर्माणकाे आफ्नै गाैरबमय ईतिहास छ , आफ्नै परम्परा छ । त्याे ईतिहासलाई जाेगाउनु अवश्य नै पर्छ । यदि ब्यबस्था परिवर्तनकाे नाममा ईतिहासहरु भत्काउदै र मेटाउदै जाने हाे भने हामी सँग के नै बाँकी रहन्छ ?

आजकाे याे गाैरबमय दिन साह्रा नेपालीले आफू नेपाली भएकोमा गाेैरबान्वीत महसुस गर्ने दिन हाे । राष्ट्रिय भावनाले ओतप्राेत भई जसरी बडामहाराजाधिराजले बिदेशीकाे पञ्जामा फस्न नदिई देशलाई जाेगाएर राख्नुभएको आज हामी संसारमा नेपाली भएर चिनिन सक्यौं त्याे चानचुने कुरा हाेईन भन्ने कुरा यहाँ दिव्याेपदेशहरुले पनि बताएका छन् । तिनै दिव्याेपदेशहरुलाई आत्मसात गरि राष्ट्र निर्माण लाग्ने दिन आएको छ।

सिंह दरबार अगाडि श्री ५ बडामहराजधिराजको शालिकमा पुर्वराजा ज्ञानेन्द्रले माल्यार्पण गर्ने कार्यक्रम साथै देशभर विविध कार्यक्रम गरि पृथ्वी जयन्ती मनाइदै छ् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *