मुलुक डेस्क, काठमाडौं । २०७८ पौष २६, सोमवार

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

शिक्षा मन्त्रालयमा सोमबार भएको छलफलमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले गरेको निर्णय अनुसार जाने निर्णय भएको शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले बताए । सर्माले भने,‘ सीसीएमसीले गरेको निर्णय अनुसार हुन्छ, त्यसमा थप निर्णय आवश्यक पर्दैन । हामी सूचना जारी गछौँ ।’

आइतवार बसेको कोरोनासम्बन्धी बैठकले कोरोनाको जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *