कृष्ण सिंह, सर्लाही । २०७८ पौष २४, शनिवार

द सहारा लोन सेभिंग्स को-आँपरेटिभ सोसाइटी लिमिटेडले शनिवार २५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ् । संस्थाले ७ करोड ९३ लाख ९८ हजार १०१ रुपैयाँ नाफा कमाउन सफल भएको उद्घाटन समारोहको अवसरमा अवगत गराइयो ।

सभामा संस्थाका अध्यक्ष नागेन्द्र कुमारद्धारा प्रस्तुत प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/०७८ सम्म ३ अर्ब ८९ लाख ३८ हजार ३३ रुपैया निक्षेप संकलन गर्नुको साथै ३ अर्ब ७ करोड ७७ लाख ८४ हजार लगानी गरेको छ । संस्थाले गरेको कारोबार वापत नेपाल सरकारलाई ८० लाख ५८ हजार ३ सय २८ रुपैया १५ पैसा राजश्व तिरेर ७ करोड ९३ लाख ९८ हजार १०१ रुपैया ७२ पैसा खुद मुनाफा गरेको छ। संस्थाले नितिगत व्यवस्था अनुरुप कोषहरुमा बाँडफाँड गरि शेयर लाभांस कोषमा २ करोड ३४ लाख ८६ हजार ६ सय ५९ रुपैयाँ ६ पैसा छुट्टाएको छ ।

सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-८ स्थित कुशुम पार्टी पैलेशमा आयोजना भएको साधारण सभाको प्रदेश न-२ का महिला बालबालिका ,युवा तथा खेलकुद मन्त्री विरेन्द्र सिंहले गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *