मुलुक डेस्क, काठमाडौं । २०७८ पौष २०, मंगलवार

नेपालगञ्जका नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्याय माग्दै माइतीघरमा धर्नामा बसेकाहरु नेपालगनञ्जका आन्दोलनकारी र सरकारबीच सहमति जुटेको छ ।

गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाका अनुसार आन्दोलनरत पक्षसँग चार बुँदे सहमति भएको छ । पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, बाँकेमा दिएको जाहेरीबारे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मार्फत अनुसन्धान गर्ने, साक्षी तथा अभियन्ताहरुको सुरक्षाको प्रत्याभूति गर्ने, सरकारी प्रतिवेदन कार्यान्वयनमा प्रशासनिक सहजीकरण र सत्याग्रहसहितका आन्दोलन रोक्ने गरी चार विषयमा सहमति भएको बताए ।

यसअघि यही विषयलाई लिएर खानसहितका महिला अधिकारकर्मी १२ दिन अनशन बसेपछि सरकारले उनीहरुसँग वार्ता गरेको थियो र गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा छानविन समिति बनाएको थियो । घरेलु हिंसामा परेकी नन्कुन्नी धोबी र बेपत्ता भएकी निर्मला कुर्मीको न्यायका लागि दबाव दिन अधिकारकर्मीहरु नेपालगञ्जबाट २० दिन पैदलयात्रा गरेर काठमाडौं आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *