मुलुक डेस्क, काठमाडौं । २०७८ पौष १५, बिहीवार

पूर्वयुवराज्ञी हिमानी शाहकी कान्छी छोरी कृतिका शाहले नेपाली नागरिकताको प्रमाणपत्र लिएकी छिन्।

उनले बुधवार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएकी हुन्। कृतिकालाई काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नागरिकताको प्रमाणपत्र दिएका छन् ।

नागरिकताको प्रमाणपत्र लिन उनी आमा हिमानीसहित जिल्ला प्रशासन कार्यालय पुगेकी थिइन्। कृतिकाको नागरिकतामा हिमानी शाहले सनाखत गरिदिएकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *