राजन झा, जनकपुरधाम । २०७८ पौष १४, बुधवार

मुख्यमन्त्री लालबाबु राउतले प्रादेशिक गौरवको योजनाहरुलाई प्राथमिकतामा राख्न निर्देशन दिएको छ ।

राष्ट्रीय योजना आयोगले आज जनकपुरधाममा आयोजना गरेको प्रदेश स्तरीय क्षमता विकास कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले मातहतका अधिकारीहरुलाई उक्त निर्देशन दिएको हो । जानकारीको आभावमा प्रदेश तथा स्थानीय सरकारले सम्पुरक तथा विशेष अनुदान पर्याप्त मात्रामा प्राप्त गर्न नसेकको उल्लेख गर्दै मुख्यमन्त्री राउतले सम्बन्धित अधिकारीहरुले प्रक्रियाबारे पोख्त हुन निर्देशन समेत दिए ।

राजनीति नेतृत्वभन्दा राष्ट्रसेवक कर्मचारीहरुलाई यस विषयहरुमा सजग हुनु पर्नेमा जोड दिदै मुख्यमन्त्री राउतले जानकारीको आभावमा प्रदेशको विकास पछाडी परे जनताले माफ नगर्ने जिकिर गरे।
संघीय सरकारले बजेटको न्यायोचित बाँडफाँड नगरेको गुनासो गर्दै मुख्यमन्त्री राउतले बजेटको बाँडफाँड जनसंख्या, एचडिआई र बहुआयामिक गरिबीलाई आधार बनाएर गर्नु पर्ने मांग समेत गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *