
राजन झा, जनकपुरधाम । २०७८ पौष १४, बुधवार
मुख्यमन्त्री लालबाबु राउतले मुलुकको विकासमा साना व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको दोस्रो प्रदेश अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले मुलुकको कुल ग्राहस्त उत्पादनमा साना व्यवसायीले ठुलो योगदान गर्दै आए पनि राज्य पक्षबाट उपेक्षाको सिकार भएको उल्लेख गरे ।
नीति निर्माताहरुले साना व्यवसायीहरुको भावना समेटन नसकेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले ती समस्याहरुलाई समेटने प्रयास गरे पनि विभिन्न समस्याहरुले योजना अगाडी बढाउन नसकेको बताए ।
प्रदेश सरकारले प्रदेशमा उद्योग धन्धालाई प्रोत्साहन गर्न प्रदेश उद्योग ऐन ल्याई सकेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले बाँकी रहेको सम्बन्धित कानूनहरु छिट्टै ल्याएर साना उद्योगीहरुलाई सहयोग हुने वातावरण निर्माण गर्न आफुहरु प्रतिबद्ध रहेको बताए ।
प्रदेश सरकारले जनकपुर-ढल्केवर, गौर-गरुडा, विरगंज-ठोरी सहितको औद्योगिक करिडोर निर्माण गर्ने नीति ल्याए पनि कार्यान्वयन हुन नसकेको प्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री राउतले ती योजनाहरुलाई छिट्टै कार्यान्वयनमा ल्याउने समेत बताए ।
संघीय सरकारले ल्याएको योजनाहरु पनि हेर्ने मात्र भएको उल्लेख गर्नु हुदै उनले पथलैयामा निर्माण गरिएको सेज आवश्यक निति नहँदा संचालनमा आउन नसकनु दुःखद रहेको बताए ।
महासंघका अध्यक्ष सत्यनारायण अग्रवालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जनकपुरका पूर्व मेयर बजरंग प्रसाद साह, नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष राजेश कर्ण, महासंघका पदाधिकारीहरु सहितले आ-आफनो मन्तव्य राखेको थियो ।