मुलुक डेस्क, काठमाडौं । २०७८ पौष १४, बुधवार

काठमाडाैंकाे चारै भंज्याङमा हिमपात भएको छ् । चन्द्रागिरी, फूल्चाेकी सेताम्मे भएको छ् । जल तथा माैषम विभागका अनुसार आज देशभर मौसम बदली भई देशका अधिकांश ठाउँमा पानी परेको छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राजधानी उपत्यकाकाे नगरकाेट, फुल्चाेकी, चन्द्रागिरी, लगायतका भन्ज्याङहरूमा हिमपात भएकाे छ । काठमाडौं उपत्यकामा पनि रातिदेखि नै हिमपात सहित पानी परेको छ । काठमाडौं उपत्यकामा पानी परिरहेको छ ।

आज दाेलखाकाे कालिन्चाेकमा भारी हिमपात भएकाे छ । त्यस्तै मकवानपुरकाे दामनमा पनि हिउ परेकाे छ । नुवाकाेटकाे ककनीमा पनि हिउ परेकाे छ। संखुवासभाको गुफा पोखरी, मनाङ, मुस्ताङ लगायतको ठाँउमा हिमपात जारी छ् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्मै मौसममा आंशिकदेखि सामान्य बदली आई हिमपात भएकाे जनाएकाे छ । विभागका अनुसार काठमाडाैंमा भाेलिसम्मै पानी पर्नेछ। आज दिनभरी नै पानी पर्ने माैषमविदकाे भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *