जन्ती जादैं गरेको क्रममा बेलुका ४ बजे जयनगर स्थित स्कारपियो दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु । चारजना गम्भीर घाइते !

कृष्ण सिंह, रौतहट । २०७८ पौष १३, मंगलवार

रौतहटमा जन्ती बोकेको भारतीय नम्बर प्लेटको स्कोर्पियो दुर्घटना हुँदा पाँचजनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् । गौर-चन्द्रपुर सडक खण्डको सखुअवा र जयनगरको बीचमा मंगलबार आठ जना सवार स्कोर्पियो दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले बताए ।

अन्य घाइते तीनजनाको गरुडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको एसपी घिमिरेले जानकारी दिए । रौतहटको गढिमाई नगरपालिका-३ गमहरियाबाट नरकटियातर्फ जन्ती बोकेर गएको उक्त गाडी अपरान्ह ३ बजेतिर दुर्घटना भएको घटनास्थलबाट ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

मृतकहरुलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाइएको र हालसम्म पहिचान नखुलेको डिएसपी भण्डारीले जानकारी दिए । दुर्घटनाको कारण पनि खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *