मुलुक डेस्क, काठमाडौं । २०७८ पौष १२, सोमवार

फिल्म हलको इतिहास बोकेको २५ वर्ष पुरानो गोपिकृष्ण हलको ठाउँमा अहिले १४ तले होटेल बन्दै छ भने नयाँ प्रोजेक्टमार्फत चावहिललाई मनोरञ्जन, हस्पिटालिटी र सपिङ कम्प्लेक्सको नयाँ हब बनाउने गोपीकृष्णले जनाएको छ ।

गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्स अर्थात जिकेसिसिको नयाँ ब्रान्डिङ अनुसार अब अहिले भैरहेका ओम, नमः र शिवायको नाम बदलिने भएको छ । हलको डेकोरेसन मात्र नभएर नाम पनि बदलिने भएको छ । नयाँ नाम रेड, ब्लू र ग्रीन हुनेछ । रेड हलमा सिट, कार्पेट, बाथरुम, फ्लोर, रेष्टुरेन्ट, लबी र लाइनिङ सबै रातो हुने भएको छ । ब्लूमा सबै नीलो र ग्रीनमा सबै हरियो तुल्याइने भएको छ ।

पहिलेको गोपिकृष्ण हल

अब गोपिकृष्णको १४ तले भवनको नयाँ संरचना सबै स्टिल प्रविधिबाट बन्ने भएको छ । नेपालमा पहिलोपटक स्टिलबाटै यति ठूलो संरचना पहिलोपटक बन्न लागेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *