मुलुक डेस्क | २०७८ मंसिर २५, शनिबार

महिला हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन मानव अधिकार दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरी मनाइयो । यसै क्रममा ‘जस्टिस फर अल’ को सहकार्य र मधेस ह्यूमन राईट्स यूएसएको आयोजनामा काठमाडौंमा ‘महिला हिंसा पितृसतात्मक सोचको भूमिका’ सम्बन्धी अन्तक्रिया सम्पन्न भयो ।

अमेरीका स्थित मधेस ह्यूमन राईट्स (मधुर) यूएसए द्वारा मानव अधिकारको क्षेत्रमा विगत ६ वर्ष देखि देश विदेशमा अनेकौं कार्यक्रम हुदैं आएको छ । महिला एवं उपेक्षित वर्गको हक अधिकार सम्बन्धी आवाज अन्तर्राष्ट्रिय स्तरमा उठाउदैं आएको संस्थाका अध्यक्ष डा. चन्दन सिंहले बताए ।

महिला हिंसामा पितृसतात्मक सोचको भूमिका सम्बन्धी अन्तक्रियामा करिब ३ दर्जन व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कानून विद, अधिकार कर्मी, सामाजिक अभियन्ता, लेखक, विद्यार्थी, पत्रकार लगायतकाले आ-आफ्नो मन्तव्य र विचार एवं भोगाई प्रस्तुत गरेका थिए । महिला हिंसालाई न्यूनीकरण गर्न पुरषसंगै महिलाको पनि उत्तिकै सहभागिता र महत्व रहेकोमा सबैको एकमत रहेको थियो ।

छोरा वा छोरीको लैङ्गिक व्यवहारभन्दा माथि उठेर सन्तानको सोचलाई आत्मसाथ गर्दै व्यवहारमा घर-घरमा लागू गर्ने यर्थाथतालाई स्विकारनु पर्दछ । परम्परागत पितृसतात्मक सोच लाई समयसापेक्ष परिमार्जित गर्र्दै विधि र शसनमा चल्नु पर्नेमा सबै वक्ताले वकालत गरेको देखियो । कार्यक्रममा मधुर यूएसएका अध्यक्ष डा. चन्दन सिंह, टिएमएनसीका संयोजक विकास ठाकुर, सामाजिक अभियन्ता सरोज राई, वरिष्ठ अधिवक्ता प्रिती रमन, महिला अधिकार कर्मी भावना झा, लगायतको सहभागिता रहेको थियो ।

महिला र मधेसको हकअधिकार सूनिश्चित हुनुपर्छ

डा. चन्दन सिंह
अध्यक्ष, मधुर यूएसए

मानव अधिकार सम्बन्धी कार्यमा विगत छ वर्ष देखि संग्लन मानव अधिकारवादी संस्था मधुर यूएसए महिला र मधेसको हक अधिकार सूनिश्चित गर्ने अन्तर्राष्ट्रिय स्तरको प्लेटफर्म हो । अन्तर्राष्ट्रिय स्तरमा मानवअधिकारको लागि लड्दैं आएको ।


मधुरले मधेस आन्दोलनको प्रर्दशनलाई अमेरीकाको राष्ट्रपति भवन ह्वाइट हाउस अगाडी प्रर्दशन गरेर अन्तर्राष्ट्रियकरण समेत गरेका थिए । भारतीय सेनामा गोर्खा समूदायसंगै मधेसी समूदायको भर्तिका लागि पहल गर्ने कार्य मधुरको उदाहरणीय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *