मुलुक डेस्क, काठमाडौं । २०७८ पौष ०६, मंगलवार

रीडर्स् हब, काैशलटारमा सिर्जना र अनुभूति अन्तर्गत सीता – राजेन्द्र अर्याल कृत “अनुपमा” गीत संग्रह र “आजकाे मान्छे” कविता संग्रहका बारे भावकीय संवाद भव्य रूपमा सम्पन्न भयाे ।

मूर्धन्य संगीतकार दीपक जंगमकाे अध्यक्षता तथा वरिष्ठ गीतकार राजेन्द्र थापाकाे प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रा. डा. कुमार काेइराला, तुलसीहरि काेइराला, अश्विनी काेइराला,वरिष्ठ भाषाविद् शरच्चन्द्र वस्ती,डा राजुबाबु श्रेष्ठ,राधेश्याम ढकाल,डा प्रदीप मैनाली,मन्दिरा मधुश्री तथा गीता रेग्मीले दुवै कृतिवारे आफ्नो मन्तव्य प्रकट पारे ।

वरिष्ठ लेखक अरुण शर्मा, केशवबाबु अर्याल, रूपा हुमागाईँ, रीश्मा थापा, माेहित जाेशी, सानू पाैडेल, शिवराज अर्याल, सूर्य बि सी, निश्चल नेपाल, नीलाम्बर शर्मा, प्रजापति तिम्सिना, दलवीर सिँह घायल, रामबाबु रेग्मी, सरिता रेग्मी एवम् दीक्षा वस्तीकाे गरिमापूर्ण उपस्थिति रह्याे ।

रेडियाे प्रस्ताेता रीश्मा थापाले फूलमाला लगाएर तथा रीडर्स् हब्का सञ्चालकजाेडी वन्दना- अनूपले अतिथिवर्गलाई स्वागत गरेका थिए ।

कार्यक्रममा स्रष्टाद्वयले आ-आफ्ना रचना वाचन गर्दै आफूहरु अमेरिकाकाे प्रवासी जीवन बिताउँद‌ै गर्दा नेपाली साहित्यकाे सेवामा समर्पित रहेकाे भावना व्यक्त गर्दै समस्त सहभागीहरूमा हार्दिक साधुवाद प्रकट गरे । दलवीर सिंह घायलले कार्यक्रमकाे छायांकन गरेका थिए ।
उक्त भावकीय संवादमा सहभागी समस्त आत्मीयजनमा सिर्जना र अनुभूतिका संयाेजक सनतकुमार वस्तीले हार्दिक अभिनन्दन तथा साधुवाद टक्राएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *