
राम अधार साह, जनकपुर । २०७८ पौष ०६, मंगलवार
जनमतको लहरसंगै नेता, कार्यकर्ता, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, पत्रकार लगायतको पार्टी प्रवेश गर्नेको लर्को लागेको छ् । यसैक्रममा आज एक विशेष अवसारमा प्रदेश २ का प्रसिद्ध पत्रकार एवं समाजसेवी बद्रीनाथ झा ले जनमत पार्टी प्रवेश गरेका हुन् ।
बद्रीनाथलाई जनमतका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले औपचारिक रुपमा बिधिवत पार्टी प्रवेश गराएका हुन् । मुलुक टाइम्सको प्रदेश २ ब्यूरो प्रमुखको रूपमा कार्यरत झा बद्री विगत एक दशकदेखि पत्रकारितामा आवद्ध छन । हिमालिनी, रेडियो रुद्राक्ष सहित महोत्तरी दर्पण आदिमा काम गरिसकेको झा विभिन्न संस्था मार्फत सामाजिक कार्यमा पनि अत्यन्तै सकृय रहदै आएका छन ।
को हुन् बद्रीनाथ झा?

महोत्तरि जलेश्वर-२, डाम्ही-मडई मुल निवासी झा हाल जनकपुर-४ का स्थाई वासिन्दा हुन् । मुरारी झा एवं निर्मला देविका जेठा सन्तान झा एक पत्रकार तथा समाजसेवी हुन।
प्रथम मधेश आन्दोलन हुदा पर्साको वीरगंजस्थित ठाकुर राम क्याम्पमा अध्यनरत झा तत्कालीन फोरम पर्साका विद्यार्थी नेताको रुपमा एवं मधेसको मुद्दामा खुलेर बोल्ने वक्ताको रुपमा चिर परिचित ब्यक्ति हुन। उनी प्रथम आन्दोलन र दोस्रो आन्दोलनमा अग्रपंक्तिमा रहेर आन्दोलनको मोर्चा सम्हालेका थिए।
तत्कालीन मधेस जनअधिकार फोरम पर्साका नेताहरु शसि कुमार मिया,जितेन्द्र सोनल,भाग्यनाथ गुप्ता दिग्गज नेताहरुको साथमा रहेर मधेसका जायज मुद्दालाई थप उचाईमा पुर्याएका थिए। झा भन्छ्न “म पद पाउनको निमित्त भन्दा पनि मुद्दाको लागि राजनीति गरेको हु।” १८ बर्ष
देखि राजनीतिमा सक्रिय झा प्रथम आन्दोलन एवं दोस्रो मधेस आन्दोलनमा समेत अग्रपक्तिमा रहेर भुमिका खेलेका हुन । आन्दोलनको क्रममा कयौंपटक घाइते भए र समातिए पनि झा ले आफ्नो बाटो बिराएन ।
राष्ट्रिय जनता पार्टी र जनता समाजबादी
पार्टी गएको निर्वाचनमा मधेसी जनतासगं गरेको बाचा अनुसार काम नगरेको आरोप झा लगाउछ्न । प्रदेश २ मा सरकार पनि बन्यो तर जनताको भावना बिपरित काम गरे । सांसद मन्त्रीहरुले आफ्नो नातेदार आफन्तको भर्ती केन्द्र बनाए। सहिद परिवार लाइ झन शोषण पीडित बनाए । तसर्थ दुबै पार्टीले मधेसको भावना बिपरित काम गरे असल कार्यकर्तालाई धोखा दिएकोले पार्टीमा बस्नु भन्दा एकलै बिद्रोह गरि बाहिरीएका हुन झा ।