मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर २४, शुक्रवार

नाडा अटो मोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा)को अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् ।

थापाले अध्यक्षका अर्का प्रत्यासी करण चौधरीलाई ६६ मतले पराजित गरेका छन् । अध्यक्षमा विजयी थापाले १४१३ मत प्राप्त गरे भने चौधरीले १३४७ मत प्राप्त गरेका छन् ।

निर्वाचनमा सदस्यतर्फ चौधरीको समूहका १२ जना र थापा समूहका ५ जना विजयी भएका छन् । चौधरीको समूहबाट मिलनबाबु मल्ल १४६५, अनुपकुमार मल्ल १४६३, राजनबाबु श्रेष्ठ १४५७, सुरेन्द्र कुमार उप्रेती १४३२, सुनिल रिजालले १४०२ मत प्राप्त गरी विजयी भएका छन् ।

त्यस्तै अभिक ज्योती १३८३, प्रकाश कपुरी १३७९, बिक्रम सिंहानिया १३७१ गोपाल भट्टराई १३६५, निलमणि पाठक १३५४, वरदान बस्नेत १३५० र पंकज अग्रवालले १३३४ मत प्राप्त गरी विजयी भएका छन् ।

यस्तै थापाको समूहबाट निराकर श्रेष्ठ १३६४, यमुना श्रेष्ठ १३५५, कपिल शिवाकोटी १३४८, प्रदीपमान प्रधान १३४६ र आकाश गोल्छाले १३३९ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *