मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर २४, शुक्रवार

नेपाली कांग्रेसका उपसभापति एवं सभापतिका प्रत्याशी विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीको सर्वसम्मत सभापति बनाउन प्रस्ताव गरेका छन्।

चितवन–काठमाडौं प्रजातान्त्रिक संगमले शुक्रबार महाधिवेशन प्रतिनिधिहरूको सम्मानमा जावालखेलमा आयोजना गरेको कार्यक्रममा निधिले यस्तो प्रस्ताव गरेका हुन्। पौडेललाई सर्वसम्मत सभापति बनाउँदा न्याय पनि हुने र पार्टीमा एकताको सन्देश पनि जाने निधिले बताए।

मैले यो प्रस्ताव हिजोको केन्द्रीय समिति बैठकमै राख्न खोजेको थिएँ। तर, सम्भव भएन। त्यसपछि शेरबहादुरजीको कार्यकक्षमा पुगेर उहाँसामू यो प्रस्ताव राखेँ,’ निधिले भने, ‘पार्टीभित्र एकताको सन्देश दिन जरूरी छ। नेतृत्व हस्तान्तरणको कुरा पनि पार्टीभित्र जोडतोडले उठेको छ। यदि रामचन्द्रजीलाई सर्वसम्मत सभापति बनाउने हो भने म स्वीकार गर्छु। सर्वसम्मत नभएको अवस्थामा सभापतिमा मेरो दाबी यथावत रहन्छ।’

निधिले केन्द्रीय समितिको अन्तिम बैठकमा पौडेल नआउनु दुखद रहेको बताए।

‘पौडेलजीजत्तिका सिनियर नेतालाई समेत सहमतिमा लिएर पार्टीभित्र वृहत्तर एकताको सन्देश दिन शेरबहादुरजीले फराकिलो छाती बनाउनु पर्यो,’ निधिले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *