मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर २१, मंगलवार

नेपाल लाइफ इन्स्योरेन्सले ‘नेपाल लाइफ समुन्नत जीवन’ बीमा योजना मंगलबार सार्वजनिक गरेको छ। यो योजना मुनाफामा सरिक हुने सावधिक जीवनबीमा भएको जनाइएको छ।जोखिमयुक्त पेसाहरलाई लक्षित गरेर यो योजना ल्याएको हो।

बढी जोखिमयुक्त पेशामा लागेका व्यक्तिको एउटै बीमालेखबाट अधिकतम जोखिम वहन गर्ने विशेषता यो योजनामा छ। कम्पनीले बजार सर्वेक्षणका आधारमा योजना ल्याएको जनाएको छ। योजना अनुसार बीमाअवधि भित्र बीमितको दुर्घटनाका कारण मृत्यु भएमा बीमाङ्क रकमको तेब्बर र आर्जित बोनस बीमितका इच्छाइएको व्यक्तिले भुक्तानी प्राप्त गर्न सक्नेछन्।

यो बीमालेख १८ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्तिले लिन सक्ने छन्। कम्पनीका अनुसार ५ वर्षदेखि अधिकतम ३० वर्षसम्म अवधिको बीमा लिन सकिने छ भने १८ वर्ष देखि ६० वर्षसम्मै घातक रोग उपचार खर्च योजना ऐच्छिक सुविधा लिन सकिनेछ।

अतिरिक्त बीमाशुल्क तिरेर बीमांक रकम बराबर वा अधिकतम ५० लाख रुपैयाँसम्मको घातक रोग उपचार खर्च योजनामा सहभागी हुन सकिने कम्पनीले जनाएको छ। यो बीमालेखको बीमा समाप्ति अधिकतम ६५ वर्ष उमेरमा हुने छ। ५० हजारदेखि एक करोड रुपैयाँसम्मको बीमांक रकमको बीमा गर्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिक रूपमा बीमा शुल्क भुक्तानी गर्न सकिन्छ। यो योजनामा वार्षिक बीमा शुल्क तिर्ने तरिका लिँदा एक प्रतिशत छुट, त्रैमासिक बीमा शुल्क तिर्ने तरिका लिँदा तीन प्रतिशत थप र मासिक बीमा शुल्क तिर्ने तरिका लिँदा ६ प्रतिशत थप लाग्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार अर्ध-वार्षिक बीमा शुल्क तिर्ने तरिका लिँदा प्रिमियममा थपघट हुने छैन।

बीमालेख चालु रहेर बीमा अवधि समाप्त मितिसम्म बीमित जीवित रहेमा बीमा अवधि समाप्तिको अन्त्यमा बीमांक रकमसहित आर्जित बोनस एकमुष्ट बीमितलाई भुक्तानी दिइने जनाइएको छ। बीमालेख चालु रही बीमा अवधि भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा दुई गुणा बीमांक रकमसहित आर्जित बोनस एकमुष्ट बीमितको इच्छाइएको व्यक्तिलाई भुक्तानी दिइने कम्पनीले जानकारी दिएको छ।

कम्पनीका अनुसार बीमा अवधि भित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको तीन गुणा बीमांक रकमसहित आर्जित बोनस रकम एकमुष्ट बीमितको इच्छाइएको व्यक्तिलाई भुक्तानी दिइनेछ।

कुनै कारण बीमालेखलाई निरन्तरता दिन नसक्ने अवस्था आएमा वार्षिक तीन किस्ता बीमा शुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात समर्पण मूल्य प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा सुरु मितिबाट ३ वर्ष पुरा भएपछि बीमालेखलाई धितो राखेर समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा पाइने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *