मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर१६, बिहीवार

अन्नपूर्ण केवलकार कम्पनीले पोखरामा निर्माण गरेको केवलकारको मंगलबार सफल परीक्षण भएको छ । । सञ्चालक तिर्थराज त्रिपाठीका अनुसार फेवाताल किनार सेदीबगरदेखि सराङकोट जाने केबलकारको २ घण्टा परीक्षण गरिएको थियो ।

आगामी जनवरी १ देखि व्यावसायिक सञ्चालनमा आउने केबलकारमा जडित डिब्बा र टावरको जडान परीक्षण गर्न जापानबाट ७ प्राविधिकको टोली आएको थियो । जापानी निपुन केवलबाट एक साताअघि उनिहरु आएका हुन् ।

कोरोना महामारी र निर्माण कम्पनीको ढिलाइका कारण तोकिएभन्दा ४ वर्ष ढिलो भएको कम्पनीले जनाएको छ । केबलकार सञ्चालनमा आएपछि सेती बगरबाट ७ मिनेटमै सराङकोट पुग्न सकिन्छ। अहिले गाडीमा करिब ३० मिनेट लाग्छ । नेपालीका लागि भाडा (जाने र आउने) ६ सय रुपैयाँ तोकिएको छ । विदेशीलाई १५/२० प्रतिशतसम्म बढी शुल्क लिने र स्थानीय, विद्यार्थीलगायतका लागि विशेष छुटको व्यवस्था हुने त्रिपाठीले बताए।

आयोजनाको लागत करिब २ अर्ब पुगेको छ । २.४ किलोमिटर दूरीमा १८ टावर र १८ वटा डिब्बा रहनेछन् । कम्पनीले हाल करिब २५ जनालाई रोजगारी दिँदै आएको छ भने व्यावसायिक रुपमा सञ्चालन भए ८० जनालाई रोजगारी दिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *