कृष्ण सिंह, सर्लाही ।२०७८ मंषिर १६, बिहीवार

सर्लाहीको गोडैता स्वास्थ्य शाखाले आयोजना गरेको स्थायी वन्ध्याकरण शिविरबाट २ सयभन्दा बढी महिलाहरुले मिनिल्याप गराएका छन् ।

परिवार नियोजन तथा प्रजनन स्वास्थ्य कार्यक्रम अन्तर्गत गोडैता नगरपालिकाको सिसौटिया स्वास्थ्य चौकीमा संचालित नि:शुल्क एकीकृत बृहत् परिवार नियोजन शिविरमा २१३ जना महिलाहरुले मिनिल्याप गराएको स्वास्थ्य संयोजक प्रमोद पंडितले जनाएको छ । सोही शिविर सँगै संचालित
स्थायी वन्ध्याकरण शिविरमा जम्मा २१३ जना महिलाहरुले मिनिल्याप गराएको छ । पाठेघर को सर्जरी गराउनु पर्ने महिलाको संख्या १७ जना रहेको छ् ।

गत मंसिर १० गतेदेखि मंसिर १४ गतेसम्म संचालित उक्त शिविरको बुधबार एक समारोहको आयोजना गर्दै समापन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *