राम अधार साह, महोत्तरी । २०७८ मंषिर १३, सोमवार

महोत्तरीको मनराशिसवा नगरपालिका ४, साढाँ स्थित श्री मुन्सिफ मा. वि. मा नयाँ भवनको शिलान्यास आजै भएको छ । २०११ सालमा स्थापना भएको यश विद्यालयमा नगरपालिकाको सहयोगमा ४ कोठाको दुई तल्ले भवनको शिलान्यास मेयर संजय कुमार सिंहले गरेका हुन् ।

यश क्षेत्रको शिक्षाको विकासमा यो मुन्सिफ मा. वि. ले विगत ७ दशकदेखि योगदान पुर्याउदै आएको विद्यालयका प्रधानाध्यापक मदन कुमार सिंह बताउछ्न । भवन निर्माणको शिलान्यासले भविष्यमा थप सुबिधासाथ अध्यापन हुने पनि उनले बताए ।

राष्ट्रिय योजना आयोगद्वारा स्थानीय निकायको विकासका लागि नगरपालिका लाई दिइएको बजेटवाट उक्त भवनको निर्माण हुने जानकारी नगरपालिका इन्जिनियर राकेश कुमार पाण्डेले बताए ।

८३ लाखको कुल बजेटमध्ये ८२ लाख ९६ हजारको लागतमा भवन निर्माण गर्नुपर्ने सम्झौता भएपनि ठेकेदारले नियमन कम ठेक्का अन्तर्गत उक्त भवन ४४ लाख ३३ हजार ९ सय ८४ मा सम्पन्न हुने गरि सम्झौता गरेकाे हाे । सर्लाहीको नमो निर्माण सेवा कम्पनीले यो सम्झौता अनुरुप २०७९ असार १५ सम्म उक्त निर्माण कार्य सम्पन्न गरेर विद्यालयलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ ।

साढाँ, जावख लगायतका स्थानीय जनताको उपस्थितमा मेयरद्वारा भएको शिलान्यास कार्यक्रममा वडा अध्यक्ष अताबुल राइन, नगरपालिकाका शिक्षा संयोजक बेचु सिंह, कार्यकारिणी सदस्री राम उदार रजक सहितको उपस्थित रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *