मुलुक डेस्क, महोत्तरी । २०७८ मंषिर ०९, बिहीवार

महोत्तरी मनराशिसवा नगरपालिकामा तीन महिना पश्चात् हराएको मोटरसाइकल प्रहरीले फेला परेको छ । मोटरसाइकल फेला परे पश्चात् आजै सवारीधनीलाई हस्तान्तरण गरेको जानकारी जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको हो ।

मनराशिसवा नगरपालिकामा वडा न.५ बस्ने श्रीराम रायको छोरा गोपि रायको नाममा दर्ता रहेको ज.८ प नं. को प्यासन प्रो मोटरसाईकल मिति २०७८/०५/२६ गते देखि हराइ रहेको थियो । उक्त दिन त्यहा अवस्थित रहेको महादेव मन्दिरमा गणेश पुजामा गएको बेलामा बाहिर पार्किङ गरि राखेको अवस्थामा मोटरसाइकल चोरी भएको थियो। जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएका टाेलिले उक्त मोटरसाइकल बरामद गरी आजै मितिम मोटरसाइकल सावारि धनीलाई उक्त मोटरवार जिम्मा लगाईएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *