कृष्ण सिंह, सर्लाही । २०७८ मंषिर १२, आइतवार

सर्लाहीको बरहथवामा एक महिलासहित दुई बालबालिका आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको बरहथवा नगरपालिका वडा न-१, हजरियाका स्थानीय शिव हजारीकी श्रीमति कविता हजारी आज(आइतवा) बिहान ५ बजे घर भित्रै झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन ।उनीसँगै सोही घरभित्र उनका एक ६ वर्षीया छोरी र एक ४ वर्षीय छोरा पनि भुईँमा लडिरहेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

शवको छेउछाउमा कुनै विषादीका बोतल पनि नदेखिएकाले दुईवटा बच्चाको मृत्यु एवं आमाको आत्महत्या बारे गम्भिर ढंगले अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीले बताएको छ। अहिलेसम्म पोष्टमार्टम रिपोर्ट नआई सकेकोले हत्या वा आत्महत्या केही भन्न सक्ने अवस्था नरहेको प्रवक्ता बुढाथोकीले भनेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *