मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर १२, आइतवार

झापा । झापाको बिरिङ्ग पुल बस दुर्घटनमा एक युवाको मृत्यु भएको छ् । उक्त दुर्घटनमा कन्काई नगरपालिका ७ का १६ बर्षिय उत्सब पौडेलको मृत्यु भएको हो।

झापाको कन्काई नगरपालिका-८ स्थित पुर्व पश्चिम राजमार्गको बिरिङ्ग पुलमा बस दुर्घटना हुँदा पौडेलको मृत्यु संगै २२ जना घाईते भएका छन् । आज दउँसो साँढे १२ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस अनियन्त्रित भई पुलको रेलिङ्गमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा घाईते भएकाहरुलाई उपचारको लागी अस्पताल पठाईएकोमा उपचारको क्रममा कन्काई नगरपालिका ७ का १६ बर्षिय उत्सब पौडेलको मृत्यु भएको हो । अन्य घाईतेहरु मध्ये ११ जनाको
बि एण्ड सि अस्पताल र ११ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *