No description available.

मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर ०८, बुधवार

रामेछापका नवनिर्वाचित कांग्रेस सभापति पुर्ण बहादुर तामाङ ‘कान्छाराम’ ले आफ्नो निजि खर्चमा १४ किमि सडक निर्माण गराएका छन । उनले रामेछापको मन्थली नगरपालिका वडा नं १० चनखुमा उक्त सडक निर्माण गराएका हुन् । सरकारले छुट्टयाएको विकास बजेट समयमा खर्च गर्न नसक्दा पालिकाप्रतिको जनताको आक्रोश दिनानुदिन बढदै छ् । जनताले विकासको आभास एवं अनुभुति गर्न पाएका छैनन ।

आफैले तिरेको करबाट सुबिधा उपभोग गर्न लालायित छ्न । पहाडी जिल्ला रामेछापमा हालको अवस्थामा पनि जनजीवनको सामान्य सुबिधा पुग्न नसकेको हालत छ् । “यस्तो विषम परिस्थितिमा पनि जनताको जीवनस्तर उकास्न र मद्दत गर्न पुर्ण बहादुर कम्मर कसेर लागि परेका छन। समाजसेवा मार्फत राजनीति गर्दै आएका उनि रामेछापका जनताका लागि अग्रदुत नै हुन ।” बताउँछन् घननारायण श्रेष्ठ ‘घनश्याम’ । श्रेष्ठ नेपाली कांग्रेस रामेछाप जिल्ला कार्य समिती सदस्य हुन ।

No description available.

नेपाली कांग्रेसको तेर्हौ राष्ट्रिय महाधिवेशनमा सर्वाधिक मत ल्याएर रामेछापबाट महाधिवेशन प्रतिनिधि बनेका पुर्ण बहादुर हाल चौधौं महाधिवेशनमा पुनः सर्वाधिक मत ल्याएर जिल्ला पार्टी सभापतिमा निर्वाचित भएका हुन् । प्यानलको पछी नलागेका पुर्ण बहादुर एक्लो यस्ता उम्मेदवार हुन्, जो ७७ जिल्लाको चुनावको पहिलो चरणमै पार्टी सभापतिमा निर्वाचित भएका हुन् । सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ आफ्नै निजि लगानीमा जिल्लाभर १३ वटा एम्बुलेन्स, १ वटा शव वाहन लगायत थुप्रै सहयोग गरेका छन ।

कोभिडको महामारीमा पुर्ण बहादुरले आफ्नो जिल्लाभरका विरामिहरुलाई आफनै खर्चमा काठमाडौंमा समेत उपचार गराएको थियोे । भैपरी आएको वेला उनले हेलिकप्टर समेतको सुबिधा उपलब्ध गराउदै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *