कृष्ण सिंह, सर्लाही । २०७८ मंषिर ०४, शनिवार

हरेक जातजाति, धर्म तथा संस्कृतिको पक्षमा आध्यात्मिक ज्ञान र राजयोगको शिक्षा दिँदै आइरहेको ब्रम्हकुमारी राजयोग सेवा केन्द्र मलंगवा सर्लाहीले रजत जयन्ती महोत्सव मनाएको छ ।

सर्लाहीको सदरमुकाममा सेवा केन्द्र स्थापना भएको २५ बर्ष पूरा भएको अवसरमा सेवा केन्द्र मलंगवाले शनिवार ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगिनी ब्रम्हाकुमारी राज दादीको सभापतित्व तथा केन्द्रीय कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवको प्रमुख आतिथ्यतामा मलंगवा नगरपालिका वडा न-८ स्थित सेवा केन्द्र नजिकै रहेको पद्मरत्न विद्या मन्दिर स्कुलको खेल मैदानमा एक भब्य समारोहको आयोजना गरि रजत जयन्ती महोत्सव-२०७८ मनाइएको हो।

महोत्सवको उद्घाटन अपराह्न १२ बजे मन्त्री यादव र ब्रम्हाकुमारी राजयोगिनी राज दादीद्वारा संयुक्तरूपमा भएको थियो । सो अवसरमा मन्त्री यादव र ब्रम्हाकुमारी राजयोगिनी राज दादीलाई सेवा केन्द्र मलंगवाको तर्फबाट दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियोे ।

कार्यक्रममा सर्लाही सहित विभिन्न जिल्ला र भारतबाट समेत सैंकडौ ब्रम्हाकुमार तथा ब्रम्हाकुमारीहरु मलंगवा आएका थिए । उनीहरुसहित स्थानीय विभिन्न कार्यालयका प्रमुख ,जनप्रतिनिधि , समाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतका अतिथिहरुलाई सेवा केन्द्रले संयुक्तरूपमा ब्रम्हाभोजन समेत गराएको कार्यक्रमका संचालक केन्द्रीय सदस्य जगदीश प्रसाद साहले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *