Nepal schools have reopened aming Covid-19, but parents are not ready to  send their kids - OnlineKhabar English News

मुलुक डेस्क | राजविराज | २०७८ मंसीर २ गते बिहीवार

तिलाठी कोइलाडी गाउँपालिका अन्तर्गतका सम्पूर्ण संस्थागत विद्यालयहरुमा एकै खालको पाठ्य पुस्तकलागु हुने भएको छ । गाउँपालिकाको शिक्षा शाखाका प्रमुख राजेश कुमार झाको अध्यक्षतामा बुधबार बसेको संस्थागत विद्यालयहरुको बैठकले सबै विद्यालयमा एकै खालको पाठ्य पुस्तकलागू गर्ने निर्णय गरेको हो । संस्थागत विद्यालयहरुले आगामी शैक्षिक सत्रदेखि आफू खुशी पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने भएको छ ।

संस्थागत विद्यालयहरुले विद्यार्थीहरुबाट लिने शुल्कमा एकरुपता कायमगर्ने तथा विभिन्न परीक्षाहरु समेत एकै मितिमा सञ्चालनगर्ने निर्णय गरिएको छ ।

संस्थागत विद्यालयहरुले लिने शुल्कमा विभिन्नता भएकोले अभिभावकले ब्यहोर्न सक्ने र विद्यालय समेत मारमा नपर्ने गरी शुल्क निर्धारण गर्नका लागि शिक्षा शाखा प्रमुखको संयोजकत्वमा एउटा समिति समेत गठन गरिएको छ । सो समितिले सबै विद्यालयमा एकरुपता कायमगर्न नर्सरी देखि १० कक्षासम्मको पाठ्य पुस्तक सम्बन्धमा अध्ययन गरी सूची तयार गर्ने र त्यस माथि वृहत छलफल गरी निर्णय गरिने शिक्षा शाखाप्रमुख राजेश कुमार झाले दिए ।

संस्थागत विद्यालयहरुले आफुखुशी प्रायःजसो सबै बर्ष कुनै न कुनै पाठ्य पुस्तक परिवर्तन गर्नाले विद्यार्थी मारमा पर्ने गरेकाले सो निर्णय गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *