मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक ३०, मंगलवार

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्मको सडक अबको दु्ई महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएकी छन्।

पटक-पटक अवधि थप हुँदासमेत सम्पन्न हुन नसकेको सो सडकको अवलोकनका लागि आज नगरकोट पुगेकी मन्त्री यादवले सडक विभाग, सम्बन्धित आयोजना र निर्माण कम्पनीका प्रतिनिधिलाई भेटेर सडक निर्माण द्रूत गतिमा अघि बढाउन निर्देशन दिएकी हुन्।

उनले गुणस्तरमा कुनै सम्झौता नगरी निर्माण पूरा गर्न पनि निर्देशन दिइन्। पर्यटकीय क्षेत्रमा सडकको यो अवस्था हुँदा पर्यटन क्षेत्रमा समेत नकारात्मक असर परिरहेको उनको भनाइ छ।

पटक-पटक ठेक्का अवधि थप भएको सो सडकमा अब अवधि थप नहुने मन्त्री यादवले बताइन्। अब पनि निर्माण सम्पन्न नभएमा ठेक्का तोड्न पनि पछि नपर्ने उहाँको भनाइ छ। १५ किमी सडक ७ वर्षसम्म पनि पूरा नहुनु लापरबाही भएको उनले बताइन्।

देशभरका विभिन्न सडक केही वर्षयता कोभिड र भूकम्पका कारण ढिला भयो हुनसक्ने उनले बताइन्। आफूले विभिन्न सडकमा अवलोकन गरेर आवश्यक कारबाही अघि बढाउने उनले बताइन्। ‘सडक बनाउन देशको ढुकुटीबाट खर्च भएको छ, त्यसैले पनि जनताले सुविधा पाउनुपर्छ,’ उनले भनिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *