मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक २७, शनिवार

एजेन्सी। दिपावालीपछि बिग्रिएको दिल्लीको हावा अझै पनि गम्भीर श्रेणीमा छ। दिल्लीको हालत कति खराब छ भन्ने यसबाट बुझ्न सकिन्छ कि विश्वका १० सबैभन्दा प्रदूषित सहरमा दिल्ली सबैभन्दा अगाडि छ । भारतको मुम्बई र कोलकाता सहर पनि यो सूचीमा परेका छन् ।

पाकिस्तानको लाहोर र चीनको चेंगु सहर पनि यो सूचीमा परेका छन् । दिल्लीमा प्रदूषणको बढ्दो स्तरमा पञ्जाब र हरियाणामा पराल जलाउने र दिल्लीमा सवारी प्रदूषणको प्रमुख भूमिका छ। प्रदेश सरकारहरूबिच पराललाई लिएर झगडा भइरहेको छ, तर समाधान भने निस्किएको छैन ।

शुक्रवार केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सिपिसिबी) ले आगामी ४८ घण्टासम्म वायुको गुणस्तर खराब रहने चेतावनी दिएको छ। राज्य र स्थानीय निकायहरूले आपतकालीन उपायहरू लागू गर्नुपर्छ। जसमा विद्यालयहरू बन्द गर्ने, निजी कारहरूमा ‘जोड-बिजोर’ प्रतिबन्ध लगाउने र सबै निर्माण रोक्नेलगायतका छन्।

सीपीसीबीका अनुसार दिल्लीको हावामा फोक्सोलाई हानिकारक पीएम २.५ (धुलो कण) को स्तर मध्यरातमा ३०० अंक नाघेको थियो। यो अपराह्न ४ बजे ३८१ माइक्रोग्राम प्रति घनमिटर थियो। हावा सुरक्षित हुनको लागि, पीएम २.५ स्तर ६० माइक्रोग्राम प्रति घनमिटर हुनुपर्छ। अहिले यो सुरक्षित सीमाभन्दा ६ गुणा बढी छ । पीएम २.५ यति सानो कण हुन्छ कि यसले फोक्सोको क्यान्सर र श्वासप्रश्वाससम्बन्धी गम्भीर रोगहरू निम्त्याउन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *