कृष्ण सिंह, सर्लाही। २०७८ कात्तिक २१, आइतवार

सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा ८ स्थित जिल्ला अस्पतालको प्रांगणबाट चोरि भएको मोटरसाईकल प्रहरीले २ घण्टाभित्रै पत्ता लगाइ चोरसहित नियन्त्रणमा लिएको छ ।

शनिवार राति करिब पौने ८ बजेको समयमा अस्पतालको प्रांगनबाट रातो रंगको प्यासन प्रो मोटरसाईकल चोरी भएको थियो।मोटरसाइकल चोरी भएको खवर पाउनासाथ जिल्ला प्रहरी कार्यालय तथा मातहतका सबै प्रहरी युनिटलाई खोजतलासमा लगाइ चोरी भएको २ घण्टा भित्रै चोरी भएको मोटरसाईकल चोरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी निरिक्षक कृष्ण गिरीले जनाएको छ।

खोजतलास गर्ने क्रममा मलंगवा वडा न-३ स्थित बिश्वकर्मा चौकमा उक्त मोटरसाईकल देखिएपछि प्रहरिले रोक्न खोजेको र सो क्रममा मोटरसाईकलले प्रहरीलाई ठक्कर दिई भागेको र प्रहरीले पनि ५०० मिटरसम्म लखेटेर उक्त मोटरसाईकल र चोरी गर्ने युवक मलंगवा नगरपालिका वडा न-३ बस्ने १९ बर्षिय बोसिम अन्सारीलाई नियन्त्रणमा लिन सफल भएको प्रहरी निरिक्षक गीरीले जानकारी गराए । मोटरसाईकल नियन्त्रणमा लिने क्रममा ड्युटिमा खटिएका प्रहरी जवानको खुट्टामा सामान्य चोट लागेको थियो ।

मोटरसाईकल र चोर अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कार्यवाहीको लागि जिप्रका मलंगवामा राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *