मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक २३, मंगलवार

नेपाल बैंकर्स संघको ३५ औं बार्षिक साधारणसभा नयाँ कार्य समिति चयन भएको छ । आज सम्पन्न भएको संघको साधारण सभाले कृषि विकास बैंकका सिईओ अनिल कुमार उपाध्यायको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको हो ।

संघको अध्यक्षमा चयन भएका उपाध्याय आगामी दुई वर्ष संघको नेतृत्वमा रहनेछन् । अध्यक्षमा चयन भएका उपाध्यायले सबै जना एउटै डुंगामा रहेकोले सामूहिक रुपमा निर्णय गरेर अघि बढ्न सबैलाई आह्वान गरेका छन् । उनले पौराणिक कथा सुनाउँदै सबै बैंकका सिईओहरुहरुको टाउकोमाथि नाङ्गो तरवार रहेकोले ध्यान दिएर काम गर्नुपर्ने अवस्था रहेको भन्दै एकताबद्ध हुन आहवान गरेका हुन् ।

संघको उपाध्यक्षमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, सदस्यमा लक्ष्मी बैंकका अजयकुमार साह, मेगा बैंककी अनुपमा खुञ्जेली, नेपाल बैंकका कृष्ण बहादुर अधिकारी, नेपाल एसबीआई बैंकका दिपक कुमार दे, सनराइज बैंकका सुनम शर्मा, माछापुच्छरे बैंकका सन्तोष कोइराला र एनआइसी एशिया बैंकका रोशनकुमार न्यौपाने चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *