मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक १५, सोमवार

सुजिता बस्नेत “मिस युनिभर्स नेपाल २०२१” को ताज पहिरिन सफल भएकि छन । पन्ध्र प्रतियोगीलाई उछिन्दै उनले उपाधि चुमेको हो । उपाधीसंगै उनले १० लाख र हिराजडित ताज लगाउन सफल भएको हो।

उहाँलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिर्याएकी थिइन ।

शनिबार साँझ आयोजित ग्राण्ड फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्त्यमा विजेता घोषणा गरिएको हो । उमङ्ग क्रियशनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको कार्यक्रमका विजेताले आगामी १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा विजेताले नेपालको प्रतिनिधित्व गर्नेछ ।

कार्यक्रममा विभिन्न उपशीर्षकमा समेत विजेता छानिएको थियो । प्रतियोगीका निर्णायकमा गायिका इन्दिरा जोशी, मानषी अग्रवाल, सरिता ज्ञवालीलगायत रहको थियो ।

गत वर्ष ‘मिस युनिर्भस’मा नेपालको प्रतिनिधित्व ‘मिस युनिभर्स नेपाल २०२०’ की विजेता अंशिका शर्माले गएको थियो । कार्यक्रममा डा. केशु खड्का फोर्थ रनरअप, प्रतिक्षा महरा क्षेत्री थर्ड रनरअप, रक्षा उप्रेती सेकेन्ड रनरअप, नीनाकान्ता मण्डल फस्ट रनरअप घोषित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *