कृष्ण सिंह, सर्लाही । २०७८ कार्तिक १३, शनिवार

विसेस सर्लाहीको आयोजनामा सर्लाही आइडल-२०७८ उद्घाटन भएको छ । शनिवार मलंगवास्थित होटल कुसुम पार्टी पैलसमा एक कार्यक्रम गरी प्रतियोगिताको सुरुवात भएको हो ।सन्तोष कर्णको संयोजकत्वमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी प्रमुख,जिल्ला समन्वय प्रमुख, मलंगवा नगरपालिका प्रमुख,उपप्रमुखको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रतियोगीले नाम दर्ता र परिचयत्मक कार्यक्रम गरी छोटो मिठो गायन प्रस्तुति दिएका थिए ।

प्रतियोगिताको फाइनल तिहार छ्ठ पछि हुने छ । प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार, दोस्रो हुनेलाई ३१ हजार र तेस्रो हुनेलाई २१ हजार नगद सहित प्रमाणपत्र हस्तान्तरण गर्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *