राजन झा, जनकपुरधाम । २०७८ कार्तिक १४, आइतवार

महोत्तरी जिल्ला मनराशिसवा नगरपालिका वडा न. ७ सरपल्लोमा बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत श्री सरयू मुनिलाल माध्यमिक विद्यालय सरपल्लोमा साइकल वितरण कार्यक्रम सम्पन्न भएको छ ।

श्री नव सरयू मुनिलाल माध्यमिक विद्यालयका प्र.अ. बृजलाल सहनीको अध्यक्षता र प्रमुख अतिथि पुर्व संघीय स्वस्थ्य राज्य मन्त्री सुरेन्द्र कुमार यादव सहित विशिष्ट अतिथि प्रदेश २ का आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुश्वाहा ,बिशेष अतिथि जनता समाजबादी पार्टीका जिल्ला सदस्य रबिन्द्र कुमार सिंह, संजय सिंह, क्षेत्रीय अध्यक्ष गगन देव यादव,जसपा वडा ६ का बुथ कमिटी सदस्य सुनिल सिंह, नेकपा एमाले समाजवादी बुथ कमिटी अध्यक्ष एवम् शाखा प्रतिनिधि राजकिशोर साह समेतको उपस्थिति रहेको थियो ।

आइतबार भएको एक समारोह आयोजन गर्दै कक्षा ९ मा अध्यनरत छात्राहरुलाई प्रदेश-२ सरकारको तर्फवाट बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत साइकल बितरण गरियो।

कक्षा ९ मा अध्यनरत श्री सरयू मुनिलाल माध्यमिक विद्यालय सरलल्लोमा ७२ जना छात्राहरुलाई प्रदेश न. २ का पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्रि सरोज सिंह कुश्वाहाले साइकल बितरण गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *