कृष्ण सिंह, सर्लाही । २०७८ कात्तिक १२, शुक्रवार

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले शुक्रबार बिहान मलंगवा स्थित सर्लाही क्याम्पस अगाडी टायर बालेर प्रदर्शन गरेका छन् ।

विगत लामो समयदेखि उक्त क्याम्पस प्रमुख विहिन रहेका कारण विद्यार्थीहरुको पठनपाठनमा कठिनाइ उत्पादन भइरहेकोले क्याम्पस प्रमुख नियुक्त गर्ने माग तथा दिपावली पर्व आउन अझ केहीदिन बाँकी रहेको अवस्थामा पनि सरकारले दिने बिदाको समय अगावै क्याम्पसमा बिदा दिएको विरोध स्वरुप अनेरास्ववियु सर्लाही क्याम्पस कमिटीका सदस्यहरुले शुक्रवार बिहान ६ बजे मलंगवा नगरपालिका वडा न-४ स्थित उक्त क्याम्पसको मुल गेट अगाडी टायर बालेर प्रदर्शन गरेका हुन ।

शिक्षाको मन्दिर मानिने क्याम्पस जस्तो ठाउँमा राणाशाही र राजनीतिक चलखेल भइरहेकोले यस्तो नगर्न र यदी यस्तो गरेको पाइएमा आफुहरु चुप लागेर नबस्ने बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *