वर्ष‌‌‌‌‌‌: ०४ | अकंः २६ | आश्विन २०७८

राज + नीति अर्थात् राजनीति । राजपद्धति र राजविद्या नै राजनीति हो । सत्ता चलाउने व्यवहार र जनताप्रतिको उत्तरदायित्व नै राजनीति हो । राज्यको सुरक्षा तथा शासनलाई सुदृढ बनाउने उपाय नीति नै वास्तविक राजनीति हो । उचित समय र उचित स्थानमा उचित कार्य गर्ने कला र शासन पद्धतिको संगम नै राजनीति हो ।

राजनीतिको इतिहास प्राचिन हो । रामायण र महाभारत कालिन युगमा यसको जबरदस्त उदाहरण हेर्न पाइन्छ । मानव समाजको यस युुगमा अरस्तुलाई राजनीतिको जनक मानिन्छ । राजनीति विचार, विधि र विधान मार्फत चल्ने परम्परा हो । संगठन र सामुहिक निर्णयको ढाँचा अनुरुप राजनीतिले गति लिने गर्दछ । अर्थात संस्कारयुक्त राज्य व्यवस्थाको सहि संचालन गर्नु नै सुसंस्कृत राजनीति हो ।

आधुनिक नेपालको राजनीति कहालीलाग्दो मोडमा छ । शाहवंशीय युग, राणा शासन, पंचायती व्यवस्था, बहूदलिय प्रजातान्त्रिक व्यवस्था, माओवादी सशस्त्र द्वन्द हुदैं लोकतान्त्रिक व्यवस्थासम्म आँउदा पनि भैपरी आउने भौतिक परिवर्तन र प्रगति बाहेक वास्तविक एवं रचनात्मक तथा सकारात्मक परिवर्तनको आभाष नेपाली जनता एवं नेपालले गरेको छैन ? दलगत टुटफुट, स्वार्थको जंजाल, सत्तालोलुप्त, सीमा अतिक्रमण, बाह्य हस्तक्षेप, जातीय द्वन्द, साम्प्रदायिक वैमनस्यता, सीमित कार्यकर्ता, नेता र व्यापारीको हालिमुहाली बाहेक नतिजा न नेपाली न नेपालको हकमा देखिन्छ ?

दलको उदय र विलय, विगत दुई तीन दशक भन्दा बढीको सीमित व्यक्तित्वको वर्चश्व, लुटतन्त्र, भ्रष्टाचार, असभ्य र अमर्यादित व्यवहार बाहेक खासै उपलब्धिको आभाष आम नेपालीले गर्ने पाएका छैनन् । पुनः स्मरण गर्दै उल्लेख गर्दछु, एक आधा उपलब्धि नभएको होइन यद्यपी बाँकी परिवर्तन अर्मयादित र वेतिथीको बोझ मात्रै भएको जनताको दुखेसो छ । आर्थिक मार, विदेश पलायन र द्वन्दको ओइरो मात्रै छ । जनता, दल र न्याय विभक्त छ । व्यवहार राजनीतिको र राजनीतिज्ञको सत्ता एवं शक्ति अनुरुप अलग अलग । अच्चम्भ छ । अतिरंजित छ ।
बडादशैंको बेला हो । नेपालीहरुको महान चाड र उत्सव । असत्यमाथि सत्यको विजय । कुसंस्कार, कुरीति तथा अहंकारको अनत्य । साँच्चै यस्तै होस् । नेपाली राजनीति सुसंस्कृत होस् । सत्य होस् । विजयी होस् । व्यवहारिक होस् । राज्य सुुरक्षित होस् । जनता खुशि होउन् । विजया दशमीको शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *