वीरेश राई, संखुवासभा । २०७८ कार्तिक १०, बुधवार

मनकामना रत्न अम्बिका माध्यमिक विद्यालय तुम्लिङटारमा मनराम समुहबाट अमेरिकी नागरिक किथ र केलि लगायत लाई विद्यालयको तर्फबाट हार्दिक स्वागत गर्दै सहयोग प्राप्त गरियो ।

विद्यालयको अवलोकन भ्रमणका क्रममा उनीहरूबाट रू १ लाख ५० हजार टेलिस्कोप स्टेसन बनाउने कार्यका लागि विद्यालयलाई चेक हस्तान्तरण गरे ।

विद्यालयमा रहेको जुनियर फुटबल क्लबका खेलाडीलाई क्लबका संरक्षक राजेन्द्र कुमार श्रेष्ठबाट आवश्यक खेल सामाग्री सहित खेल पोशाक प्रदान गर्ने निर्णय गरियो।

अमेरिकी नागरिक किथ र केलिले विद्यालयमा रहेको मनराम पुस्तकालय तथा अध्ययन केन्द्रको सफलतापुर्वक अवलोकन गरे । उक्त अवसरमा अमेरिकी नागरिक केलि बघ डायर तथा मनराम फाउन्डेसनका अध्यक्ष सुजनकुमार श्रेष्ठबाट छात्राको सहयोगका लागि ५ सय बीउ पुँजीका लागि प्रदान गर्ने निर्णय गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *