मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक ०६, शनिवार

काठमाडौं । ‘हिमानी ट्रष्ट’ ले काठमाडौंको सोल्टी होटलमा आयोजना गरेको चियापन कार्यक्रममा पूर्वराजपरिवार र सेलिब्रेटीहरुको जमघट भएको छ।

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटलमा फरक माहौँलमा फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकारहरुको बाक्लो उपस्थिती थियो ।

निरन्तर सामाजिक काम गर्दै आएको पूर्वयुवराज्ञी हिमानी शाहद्वारा संचालित हिमानी ट्रष्टले दसैं, तिहार र छठको उपलक्ष्यमा कला, खेलकुद तथा साहित्यिक योगदान दिएका व्यक्तित्वहरुलाई चियापानका लागि बोलाएको थियो। कार्यक्रमा पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह, पुर्व युवराज पारस, ट्रष्टकि अध्यक्ष हिमनी शाह, हृदयेन्द्रलाई शाहलगायतको उपस्थिती रहेको थियोे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *