राजेश्वर डी. श्रेष्ठ, काठमाडौं । २०७८ कार्तिक ०५, शुक्रवार

अल्पसंख्यक हिन्दु समुदायमाथी भर्खरै बाङ्लादेश र पाकिस्तानमा भएको सांघातिक हमला तथा २२ अक्टोबरकाे नरसंहारकाे विरुद्धमानेपाल भारत विकास मंचले बिरोध प्रदर्शन गर्दै काठमाडौंकाे माइतीघर मंडलामा आज एक्यवद्धता जाहेर गरेको छ् ।

सन् १९४७, २२ अक्टुवरको नरसंहारको दिनलाई सम्झदै आज कालो दिवस मनाएको बताए नेपाल भारत विकास मंचका अध्यक्ष राम किशोर सिंह । उनका अनुसार मंचले प्रत्येक वर्ष आजको दिनलाई कालो दिवसको रूपमा मनाउदै आएको छ् ।

विशेषगरी पाकिस्तानमा अल्पसंख्यक हिन्दु, शिख लगायतलाईवारम्वार यातना तथा हिंसा गरेको घटनाप्रति घोर निन्दा गर्दै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय समुदायलाई सतर्कता अपनाउन आग्रह समेत गरे मंचका अध्यक्ष सिंह ।

नेपाल भारत विकास मंचले आयोजना गरेको आजको एक्यवद्धता कार्यक्रममा सयौंको संख्यामा जनसहभागिता रहेकोे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *