मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक ०३, बुधवार

अविरल वर्षाका करण बाढी, पहिरो र डुबानबाट देशभर ७७ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । २६ जना बेपत्ता र २२ जना घाइते भएको मन्त्रालयले जानकारी दिएको छ ।

सरकारले सम्पूर्ण सुरक्षा संयन्त्र परिचालन गरी विपद प्रभावितहरुको खोज, उद्दार र राहतको कार्य तीब्र रुपमा गरिरहेको मन्त्रालयले बताएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बुधबार साँझ विज्ञप्ती जारी गरी बझाङ, धनकुटा, इलाम, पाँचथरलगायतका जिल्लामा सेनाको हेलिकप्टरमार्फत घाइतेको उद्दार र राहत सामग्री ढुवानी गरिएको जनाएका छन् ।

खोज तथा उद्दार र राहतको कामलाई प्रभावकारी बनाउन सेनाका हेलिकप्टरका साथै आवश्यकताअनुसार निजी क्षेत्रको हेलिकप्टर पनि प्रयोग गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *