मुलुक डेस्क, ललितपुर । २०७८ कार्तिक ०३, बुधवार

ललितपुरको शंखमुलमा विद्युतीय शवदाहका लागि विद्युतीय घाट निर्माण हुने भएको छ । ललितपुर महानगरले महानगरको ११ नम्बर वडामा निर्माण गर्ने यस विद्युतीय घाट निर्माणमा एभरेष्ट बैंकले एउटा मेसिन र १ सय फिटको चिम्नी उपलव्ध गराउने भएको छ ।

मंगलबार ललितपुर महानगरमा भएको सहयोग हस्ताक्षर कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र महानगरका मेयर चिरीबाबु महर्जनले हस्ताक्षर गरेका छन् ।

महानगरका मेयर महर्जनले एक जना व्यक्ति मृत्यु हुँदा एउटा रुख प्रयोग हुने अवस्था अन्त्य गर्न विद्युतीय मेसिन जडान गर्न लागिएको बताए । उनले भने, सँगै अर्को दाउराबाट चल्ने घाटपनि हुनेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बैंकको २५ औं बार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग उपलव्ध गराएको बताएको छन् । बैंकले ७८ लाख बराबरका यी सामाग्री उपलव्ध गराउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *