राजन झा, जनकपुर । २०७८ कार्तिक ०१, सोमवार

मिथिलाका प्रसिद्ध गीतकार अशोक दत्तद्वारा लिखित बहुप्रतिक्षित ‘जय सियाराम’ गीत एल्बम बजारमा भोलि कात्तिक २ एक समारोहको बीच सार्वजनिक गते हुने भएको छ ।

उद्योग पर्यटन तथा वन मन्त्रालय प्रदेश २ को पर्यटन प्रवर्द्धनात्मक प्रचारप्रसार कार्यक्रम अन्तर्गतको सहयोगमा उक्त गीति एल्बम तयार पारिएको हो ।

नवरस मिडिया प्रालिको प्रस्तुती तथा लोकसमाज जनकपुर र पिएमपीको सहकार्यमा निर्मित यस गीति एल्बमको जनकपुरधामस्थित गिरिजा चलचित्र मन्दिरमा विमोचन हुने भएको छ ।

मैथिली गीति इतिहासमा सबभन्दा लामो अवधिको गीत भएको संगीतकार सुनिल मल्लिकले जानकारी दिए । उनले यो गीत २२ मिनेटको रहेको र यसको भिडियोमा १०० जना कलाकारले अभिनय समेत गरेको जनाए ।

गीतकार अशोक दत्तद्वारा लिखित यस गीतमा संगीत सुनिल प्रवेशको रहेको छ । सुनिल मल्लिक, पार्थ मल्लिक, नेहा प्रियदर्शनी, रामनारायण ठाकुर लगायतका गायक गायिकाहरूले गीतमा स्वर दिएका छन् । विमोचन हुन लागेको यस एल्बमको निर्देशन निशान्त मल्लिक र निहारिक मल्लिकले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *