मुलुक डेस्क, महोत्तरी । २०७८ आश्विन ३१, आइतवार

महोत्तरी जलेश्वरको भागेश्वर कुट्टीस्थित पोखरीमा हिजो दुर्गा माताको मुर्ति बिसर्जन गरिएको ठाँउबाट एक युवा मृत फेला परेको छ् ।

जलेश्वर वडा न. २ घर भएको १८ वर्षीय सुमित कुमार शाह हिजै दिखी बेपत्ता थियो । ऊनी कक्षा १२ मा अध्ययनरत थिए । शनिबार मूर्ति विसर्जन गर्न गएका सुमित साँझ घर नफर्केपछि आफन्तले साँझदेखि नै खोजी सुरु गरेका थिए। पोखरी मै डुबेको हुन सक्ने आशंकाबीच आइतबार बिहान करिब ११ बजे उनको शव जलेश्वरस्थित भागेश्वर पोखरीमा फेला परेको हो।

स्थानीय केही प्रत्यक्षदर्शिका अनुसार मूर्ति विसर्जन पश्चात् उनलाई साझ महेन्द्र चौकमा साथीहरू संग देखिएको थियोे । तत्पश्चात ऊनी बेपत्ता रहेका थिए । हिजो साझ अबेरसम्म ऊनी घर नफर्के पछी उनको खोजी कर्य सुरु भएको उनका मामा अनिलले जानकारी गराए।

अर्को पक्षको भनाइ अनुसार मुर्ति बिसर्जनको क्रममा भिडमा चिप्लिएर वा मुर्तिले दबिएर डुबेको हुनसक्ने आसंका गरिएको छ् । प्रारम्भिक अनुसन्धान जिल्ला प्रहरी कार्यालय महोत्तरीले सुरु गरेको छ् । शव पोस्टमार्टमको लागि जिल्ला अस्पतालमा लागिएको छ । मृत्यु दुर्घटना हो कि हत्या गरिएको हो ? थप विवरण अनुसन्धानबाट खुल्ने प्रहरीको भनाइ छ् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *