मुलुक डेस्क, पर्सा । २०७८ आश्विन ३०, शनिवार

वीरगंज पथलैया सडकखण्ड अन्तर्गत बाराको भोलहीमा ट्याङकरले कारलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ।

बारा जितपुरसिमरा उपमहानगरपालिका २३ भोलहीमा शुक्रबार राति ११ बजे पथलैयाबाट वीरगन्ज आउँदै गरेको ना ३ ख ७५९४ नम्बरको ट्याङकरले विपरीत दिशाबाट आउँदै गरेको बी आर ०६ सी क्यु ४१४१ नम्बरको कारलाई ठक्कर दिएको थियोे ।

दुर्घटनामा मृत्यु हुनेहरुमा कार चालक भारत मोतीहारीका ३४ वर्षीय राजन सर्राफ, कारमा सवार २५ वर्षीय सुरज प्रसाद र २७ वर्षीय कृत सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए।

कार चालक राजनलाई उपचारका लागि वीरगंज ल्याउने क्रममा बाटोमै तथा सुरज प्रसाद र कृत सिंहको भने वीरगंजस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक मध्येका सुरज प्रसाद र कृत सिंहको भने ठेगाना खुल्न नसकेको यादवले बताए। दुर्घटना पश्चात् ट्याङकर चालक फरार रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *