मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २८, बिहीवार

काठमाडौंको हनुमानढोकास्थित तलेजु मन्दिर दशैंको महानवमीमा वर्षको एकदिन मात्रै सर्वसाधारण एवम् श्रद्धालुहरुका लागि खुला गरिन्छ ।

चार सय ५८ वर्ष पहिले तात्कालिन राजा महेन्द्र मल्लले १६२० सालमा फरक शैलीमा तलेजु मन्दिर निर्माण गर्न लगाइएको युवा विश्व हिन्दु महासंघ हनुमानढोका शाखाका अध्यक्ष राजन महर्जन बताउछन ।

‘१४ तल्लको तलेजु भवानीको मन्दिर अरु मन्दिरहरुभन्दा भिन्न छ । तलेजु भवानीको वास्तविक नाम तुलजा हो ।

पौराणिक कथा अनुसार सिम्रौनगढमा अंग्रेजहरुले आक्रमण गर्न लाग्दा तुलजा भवानीकै आज्ञामा भादगाउँमा तलेजुको स्थापना गरिएको थियो । तर त्यहाँका राजको विलासिता बढ्दै गएपछि सो राजाले देवीलाई मान्न छोडे ।’, महर्जनले बताए ।

तत्पश्चात् तलेजु भवानीकै परम् भक्त महेन्द्र मल्ललाई दर्शन दिई उहाँको आज्ञा अनुसार काठमाडौंमा मन्दिर स्थापना गरे आफू त्यही दरबारमै विराजमान हुने बताएपछि सो मन्दिर बनाइएको थियो ।

तलेजु मन्दिर निर्माण गर्न ४० वर्ष लागेको थियो । तर राजा महेन्द्र मल्ललाई पनि दोष लागेपछि तलेजु भवानी अन्तरध्यान हुनु भएको थियो । सो घटनाबाट राजालाइ पश्चाताप भई राजा विलाप गर्न थालेपछि तलेजु भवानीले पुनः वर्षको एक दिन दर्शन दिन आउने वाचा गरेको धार्मिक विश्वास स्वरुप महानवमीका दिन तलेजु भवानीको पूजाआजा गर्ने चलन रहि आएको महर्जनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *