राजन झा, जनकपुरधाम । २०७८ आश्विन २८, बिहीवार

जनकपुरको प्रसिद्ध शक्तिपीठ माता राजदेवी मन्दिरमा बलिप्रदान सम्पन्न भएको छ । यसबर्ष राजदेवी मन्दिरमा १४ हजार २९१ बोकाको बलि दिइयो।

निशा पूजा सम्पन्न भएलगत्तै राति ८ बजेर ५ मिनेटदेखि सुरु भएको बलिप्रदानको कार्यक्रम बिहान ३ बजेर ३८ मिनेटसम्म चलेको थियो । बलिप्रदानका लागि हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरु बुधबार दिउँसैदेखि लाइनमा लागेका थिए ।

बोकाबलीका लागि यसपालि ४ वटा अस्थायी ठेहा राखिएको थियो । प्रत्येक ठेहामा१० जनाको समूहमा स्वयंसेवक परिचालित गरि प्रतिमिनेट ४० को संख्यामा बलिप्रदान गरिएको थियो ।

बलिप्रदान कार्यक्रमलाई व्यवस्थित बनाउन आयोजक महावीर युवा कमिटीले ५ सयको संख्यामा स्वयंसेवक परिचालन गरेको थियो । बोकाको लाइन सहित डोरी र व्यवस्थापनको लागि समेत प्रति ठेहा १० जना जनशक्ति खटाइएको थियो ।

गत बर्ष कोरोना महामारीका कारण राजदेवी मन्दिरमा ८ हजार ९६८ बोकाको बलि दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *